भारत र उज्बेकिस्तानले खनिज क्षेत्रमा सहकार्य गर्ने « Khabarhub

भारत र उज्बेकिस्तानले खनिज क्षेत्रमा सहकार्य गर्ने


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र उज्बेकिस्तानबीच खनिज क्षेत्रमा सहकार्य गर्ने भएका छन् । उज्बेकिस्तानका परराष्ट्रमन्त्री सैदोभ बाख्तियोर ओदिलोभिचको भारत भ्रमणका क्रममा यस्तो सहमति भएको हो । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटका क्रममा दुबै नेताले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् ।

भेटमा राष्ट्रपति मुर्मुले उज्बेक परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारत र उज्बेकिस्तानबीच प्राचीन समयदेखिन नै व्यापारिक, ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्ध रहेको बताएकी छिन् । वास्तुकला, भाषा, खानपान, संगीत र धार्मिक परम्परामा रहेको साझा सम्पदाले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको उनको भनाइ छ ।

सहकार्यका नयाँ क्षेत्रहरूबारे चर्चा गर्दै राष्ट्रपति मुर्मुले विशेष गरी दुर्लभ खनिज पदार्थ, कृषि, औषधि र सूचना प्रविधि क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना रहेको औंल्याएकी छिन् । यस भ्रमणका अवसरमा आयोजित भारत-उज्बेकिस्तान व्यापार मञ्च र उज्बेक प्रतिनिधिमण्डलमा उच्च पदस्थ नेताहरूको उपस्थिति दुवै देशका व्यवसायीहरूको बढ्दो विश्वास तथा फराकिलो बन्दै गएको आर्थिक साझेदारीको परिचायक भएको उनले बताइन् ।

भारतको प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) तालिम कार्यक्रम र छात्रवृत्तिबाट उज्बेकिस्तानका तीन हजारभन्दा बढी अधिकारी, पेसाकर्मी र विद्यार्थीहरू लाभान्वित भएकोमा राष्ट्रपति मुर्मुले खुसी व्यक्त गरेकी छिन् । वर्तमानमा १६ हजारभन्दा बढी भारतीय विद्यार्थीहरू उज्बेकिस्तानमा उच्च शिक्षा हासिल गरिरहेको उल्लेख गर्दै उनले यी विद्यार्थीहरू दुई देशबीचको जनस्तरको सम्बन्ध बलियो बनाउने र आपसी समझदारी बढाउने महत्त्वपूर्ण पुल भएको बताएकी छिन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ४ : ३३ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री