ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ « Khabarhub

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो।

पीडित युवतीले आफूमाथि ठमेलमा दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गर्दै संलग्न व्यक्तिको खोजी तीव्र पारेको थियो।

खोजतलासका क्रममा कलङ्कीमा लुकिछिपि बसिरहेको अवस्थामा शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ राखिएको छ भने घटनाको थप कारण र विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ८ : १२ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो