बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी « Khabarhub

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन् । 

वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि दुई लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका छन् ।

साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि एक लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ । 

भारतको लभली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले पनि आफ्ना नेपाली विद्यार्थी र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत सङ्कलन र आर्थिक सहयोग अभियान सुरु गरेको छ । 

नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । विद्यालयमा गठित विभिन्न क्लबमा आबद्ध विद्यार्थीले कुल ९५ हजार ७८३ रुपैयाँ सहयोग गरेका छन् ।  

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : ०८ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको