एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम ! « Khabarhub

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै एआईबाट बनाइएको तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

गत भदौ १० गतेको भोटेकोशी बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि ६० मिटर लामो एक्रोब्रिज जडानको काम भइरहेको छ।

त्रिदेशीय मार्गअन्तर्गत गल्छी–बेत्रावती खण्डमा पर्ने उक्त पुल निर्माणको काम नेपाली सेनाले सुरु गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तर पुल निर्माणको काम जारी रहेकै अवस्थामा सामाजिक सञ्जालमा एआईबाट बनाइएको तस्बिर प्रयोग गरी पुल तयार भइसकेर सवारीसाधनसमेत सञ्चालनमा आएको जस्तो देखाउने सामग्री सार्वजनिक भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कमेडियन हिमेश पन्तले आइतबार बिहान फेसबुकमा देवीघाटमा बेलीब्रिज निर्माण तीव्र रूपमा भइरहेको भन्दै पुल तयार भइसकेको जस्तो देखिने तस्बिर सार्वजनिक गरेका थिए। तर त्यहाँ बनिरहेको चाहिँ एक्रो ब्रिज हो ।

उनले लेखेका थिए, ‘रातभर नसुती, दिनरात नभनी विपद्पछि सडक सम्पर्क पुनःस्थापनामा खटिनुभएका नेपाली सेना, सडक विभाग, प्राविधिक तथा श्रमिक टोलीप्रति उच्च सम्मान! देवीघाटमा बेली ब्रिज निर्माणको तीव्र प्रयास प्रशंसनीय छ।’

उनले उक्त कामलाई ‘फास्ट डेभलपमेन्ट’को उदाहरणका रूपमा समेत प्रस्तुत गरे। तर देवीघाटमा अहिले बेलीब्रिज नभई अमेरिकी मोडेलको एक्रोब्रिज जडान भइरहेको बताइएको छ।

पूर्वखानेपानी सचिव भीमप्रसाद उपाध्यायले पनि त्यही एआईबाट निर्मित तस्बिर प्रयोग गर्दै विदुर वारिपारि जोड्ने नयाँ एक्रोब्रिजको वर्तमान अवस्था भन्दै सामाजिक सञ्जालमा सामग्री राखेका छन्।

उनले अमेरिकाको एक्रो कोअर्पोरेशनको पेटेन्ट रहेको मोडुलर प्रिफ्याब्रिकेटेड पुल सात दिनमै तयार हुन सक्ने दाबी गरेका थिए। उनले उक्त पुल बेलीब्रिज नभएको उल्लेख गर्दै बेलायती पेटेन्टप्राप्त बेलीब्रिज पनि सात दिनमै तयार गर्न सकिने तर्क गरेका छन्।

पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठले समेत त्यही प्रकारको तस्बिर प्रयोग गरेकी छन्। तर वास्तविकतामा पुलको वारीतर्फ केही भागमा स्टिल राख्ने काम सुरू भए पनि पारितर्फको काम अघि बढिसकेको छैन।

वास्तविकता

नुवाकोटका पत्रकार रामहरि न्यौपानेले नियमित रूपमा काम भए देवीघाटमा निर्माण भइरहेको एक्रोब्रिज आगामी बुधबारसम्म सम्पन्न हुन सक्ने बताएका छन्। उनले विपद्को समयमा एआईबाट तस्बिर बनाएर पुल निर्माण सम्पन्न भइसकेको गलत सन्देश नदिन आग्रह गरेका छन्।

त्यस्तै, नुवाकोटकै पत्रकार माधवप्रसाद तिवारीले देवीघाटमा पुल निर्माणको काम भइरहेको भए पनि पुल तयार भइसकेको भन्दै ‘डिपफेक’ तस्बिरमार्फत भ्रम फैलाउन नहुने बताएका छन्।

उनले देवीघाटपारि पुलको मुखमा तत्कालै बजार वा घरहरू नरहेको उल्लेख गर्दै एआईबाट बनाइएको तस्बिरले वास्तविक निर्माणको कामलाई नै ओझेलमा पार्ने अवस्था आएको बताएका छन्।

एमाले नेतृ एवं बेलकोटगढीकी स्थानीयबासी उषाकिरण तिमल्सिनाले पनि एआईबाट बनाइएका तस्बिरप्रति व्यंग्य गर्दै ‘एआई युगलाई झुट युग भने पनि भयो’ भन्दै देवीघाट र बुइँनीबेँसीको वास्तविक अवस्थाबारे सामाजिक सञ्जालमा लेखेकी छन्।

भोटेकोशी बाढीपछि ११ दिनमै देवीघाटमा एक्रोब्रिज जडानको काम अघि बढ्नु आफैँमा चुनौतीपूर्ण भए पनि पुल पूर्ण रूपमा तयार भइनसकेको स्थानीय तथा पत्रकारहरू र बाढीपीडित बताउँछन् ।

यस घटनाले विपद्का बेला राहत, उद्धार र पुनर्निर्माणसम्बन्धी सूचनामा एआईबाट निर्मित वा सम्पादित तस्बिर प्रयोग गर्दा वास्तविकताबारे भ्रम सिर्जना हुन सक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तामाझ प्रश्नसमेत उठाएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १ : ०१ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर