अर्थ समाचार : काठमाडौं भित्रियो ८७ हजार सिलिन्डर, विदेशबाट बाढी पीडितलाई सहयोगका लागि छुट्टै खाता, बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित र युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ सुडानी « Khabarhub

अर्थ समाचार : काठमाडौं भित्रियो ८७ हजार सिलिन्डर, विदेशबाट बाढी पीडितलाई सहयोगका लागि छुट्टै खाता, बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित र युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ सुडानी


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउनेका लागि छुट्टै बैंक खाता चलाउन निर्देशन दिएको छ।

कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी रकम पठाउँदा झन्झट हुने देखिएकाले अन्य खाता प्रयोग गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘विद्यमान नियमअनुसार आफ्ना विविध खाता प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिइएको छ। यी खातामार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

ताँदी नदीमा बेलीब्रिज जडान जारी

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको मृत्यु, वेपत्तासँगै सो क्षेत्रमा निकै धेरै भौतिक सम्पत्तिको पनि क्षति भयो । निजी क्षेत्रले व्यावसायिकदेखि पर्यटन क्षेत्रमा गरेको लगानी ध्वस्त भयो ।

सरकारले तत्काल उद्धारको क्रियाशीलतासँगै निजी क्षेत्रको पुनरुत्थाको लागि विशेष प्याकेज अगाडि सारको छ । सरकारले भन्सार, आन्तरिक राजस्व, बैंक कर्जा र बीमा दाबी भुक्तानी लगायतका क्षेत्रमा विभिन्न सहुलियतपूर्ण व्यवस्थाहरू समेटेर राहत प्याकेज अगाडि सारेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा अगाडि सारिएको सो प्याकेजलाई १८ गतेको मन्त्रिपरिषद् बैठकले पारित समेत गरिसकेको छ । जुन निर्णयलाई अर्थ मन्त्रालयले पहिलो चरणको प्याकेज भनेर उल्लेख छ ।

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ६ : ४९ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको