मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ « Khabarhub

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्।

मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याउने तथा द्वन्द्व भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न मितिमा सार्वजनिक स्थानमा मधेशवासी समुदाय लक्षित अभिव्यक्ति तथा ‘द्वन्द्व भड्काउने’ जस्ता शब्दहरू लेख्ने कार्यमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरीले ३५ वर्षीय विशाल गुरुङलाई समातेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले आइतबार खोटाङको बाक्सिला घर भई काठमाडौं–३१ शङ्खमुल बस्दै आएका ३५ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।

उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ६ : ३२ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै