बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन « Khabarhub

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको क्षति तथा अवस्थाबारे बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैतडीको ढोल्यामोडलगायत विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र त्यसका कारण सडक अवरुद्ध भएको विषयमा उनले जानकारी लिएका छन् । 

उनले दुवै जिल्लाका अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन निर्देशन दिएका छन् । 

विपद्बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै उद्धार, राहत तथा सडक सञ्चालनका कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन हुन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ८ : ०१ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको