आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र « Khabarhub

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानविन गर्न माग गर्दै राष्ट्रिय जेन्जी नागरिक अभियानले काठमाडौं प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
 
छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौं प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंहले सार्वजनिक पदमा नियुक्त व्यक्तिका विषयमा नागरिकतादेखि आर्थिक पारदर्शितासम्मका प्रश्न उठेपछि त्यसबारे आम नागरिकले सत्यतथ्य जानकारी पाउनुपर्ने बताए । 

उनले आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विभिन्न प्रश्न तथा जिज्ञासा सार्वजनिक भइरहँदा सम्बन्धित निकायले ती विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे । 

सार्वजनिक जिम्मेवारीमा पुगेका व्यक्तिको नियुक्ति प्रक्रियासँगै उनीहरूको पृष्ठभूमि र पारदर्शिताका विषयमा पनि नागरिकले चासो राख्नु स्वाभाविक भएको उनले बताए । 

अभियन्ताहरुले राष्ट्रिय जेन्जी नागरिक अभियानले यस विषयमा लामो समयदेखि खबरदारी गर्दै आएको उल्लेख गर्दै नागरिकले उठाएका प्रश्नलाई बेवास्ता गर्न नहुने बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  २ : १७ बजे

मनाइयो धनतेरस पर्व 

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

डेभिड मिलरको शानदार ब्याटिङका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम

तहारभर काभ्रेपलाञ्चोकका सडकमा टिपर चलाउन रोक

काठमाडौं– तहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा