देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने « Khabarhub

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा आज सार्वजनिक सूचनामा प्रशासनले देउसीभैलोका लागि राति १०ः०० बजेसम्मको समयसीमा तोकेको छ ।

सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई बाधा नपुग्नेगरी देउसीभैलो खेल्न आग्रह गरिएको छ । 

यस्तै पटका, भुइँचम्पा, रकेट, आतिससबाजी तथा विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण र भण्डारणमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

देउसीभैलो खेल्दा सर्वसाधारण, व्यवसायी तथा घरधनीसँग जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने सूचनामा उल्लेख छ । 

बालबालिकालाई कार्यक्रममा सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्नुपर्ने तथा उनीहरूलाई जोखिमपूर्ण गतिविधिमा संलग्न गराउन नहुने प्रशासनले जनाएको छ ।

अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सर्वसाधारणलाई बाधा नपुग्नेगरी देउसीभैलो सञ्चालन गर्न आग्रह गरिएको छ । 

कुनै घर, निजी आवास, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्ने सूचनामा उल्लेख छ ।

जातजाति, धर्म, भाषा, संस्कृति तथा समुदायका आधारमा घृणा, द्वेष र अपमान फैलाउने गीत गाउने, नारा लगाउनेजस्ता गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ । 

सूचनाविपरीत प्रचलित कानुनको उल्लङ्घन भएमा सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक सम्पत्तिमा असर पर्ने गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : २० बजे

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन

चितवनले पोखरलाई दियो १५२ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

यमदीप दान आज बेलुकीदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो