प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो « Khabarhub

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल गरेर मात्र जारी गर्न आग्रह गरेको छ । नेपाल सरकारद्वारा प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सन्दर्भमा महासङ्घ केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सरोकारवाला भएका पक्षसँग छलफल गरेर मात्र अध्यादेश जारी गर्न आग्रह गरेको हो ।

बैठकपछि महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा काउसिन्सल ऐनसम्बन्धी अध्यादेश सिफारिससहित गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई हटाइएको, श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत नदिनेलगायतका घटनाक्रम श्रम अधिकारको उल्लङ्घन भएको उल्लेख छ ।

यस्तै लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम कटौतीका सन्दर्भमा छलफल हुँदा प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम गर्न, वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड)लाई सक्रिय गराई चरणबद्ध आन्दोलन गर्न पनि महासङ्घले छलफल गरेको जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ५२ बजे

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं– पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा,

पोखराले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले