बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय « Khabarhub

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनः स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढी पहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए  ।

बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनः स्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । 

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सङ्घीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरिएको सहमहामन्त्री स्नेहीले बताए । प्रभावित बस्तीको स्थलगत अवलोकन र अन्तरक्रियापछि पुनः स्थापना तथा पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने थप कदम तय गरिने उनले जानकारी दिए ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनः स्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।

त्यस्तै, प्रभावित नागरिकको पुनः स्थापना र पुनर्निर्माणका लागि आवश्यक सहकार्य, सहयोग र सहरीकरणलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।
 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ७ : ५३ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं– पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा