एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख ! « Khabarhub

एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख !


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एपस्टिन फाइलमा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि मुछिएको छ । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको फाइलमा लामाको नाम १ सय ६९ पटक उल्लेख छ ।

एपस्टिन फाइलमा दलाई लामाको नाम सबैभन्दा धेरै पटक अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीका एक जना पूर्वअधिकारीले गरेका छन् । चिनियाँ राज्यसञ्चालित टेलिभिजन सञ्जाल सीजीटीएनले दिएको जानकारी अनुसार उक्त फाइलमा एमआईटीको मिडिया ल्याबका पूर्वनिर्देशक जोइची इटोले उनको नाम सबैभन्दा धेरैपटक उल्लेख गरेका छन् ।

एपस्टिनबाट १७ लाख डलर सहयोग प्राप्त गरेको खुलासा भएपछि इटोले सन् २०१९ मा राजीनामा दिएका थिए ।

एपस्टिन फाइलमा उल्लेख भएअनुसार दलाई लामाले कुख्यात बालयौन दुराचारी जेफ्री एपस्टिनसँग भेट गरेको पनि संकेत मिलेको छ । सन् २०१२ को अक्टोबर महिनामा आदानप्रदान भएको इमेलमा दलाई लामाले एपस्टिनसँग भेट गरेको सन्दर्भ उल्लेख छ ।

त्यसबाहेक अन्य एक कार्यक्रममा पनि दलाई लामा एपस्टिनसँगै सहभागी हुने सन्दर्भ उल्लेख छ । त्यस्तै, दलाई लामा निकट व्यक्तिहरुले पनि एपस्टिनसँग भेट गरेको दाबी गरिएको छ ।

गत वर्ष माइकल उल्फ नाम गरेका पत्रकारले न्यूयोर्कको म्यानहटनमा रहेको एपस्टिनको भवनमा एपस्टिनसँग दलाई लामा र अन्य महत्वपूर्ण व्यक्तिहरुलाई साथै देखेको दाबी गरेका थिए । एक पडकास्टका क्रममा उनले दलाई लामाले वित्तीय सहयोग वा परोपकारी कामका लागि उनी त्यहाँ पुगेको हुनसक्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : ४६ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा