असी करोड आठ लाख राजस्व संकलन
हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो ।

यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख २६ हजार राजस्व संकलन उक्त कार्यालयले जनाएको छ ।
टाटा टियागो इभी अब २४.९९ लाखमै
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ ।

विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो ।
‘खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरुलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
स्मार्ट बटन र वास+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक
दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
चालु आर्थिक वर्षको प्रथम ६ महिनामा वीरगञ्जबाट चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।

ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, चालु आवको पहिलो ६ महिनामा ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् ।
भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार
म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
नेप्से पुनर्संरचना प्रतिवेदन : रणनीतिक साझेदार भित्र्याउन र सरकारी स्वामित्व घटाउन सुझाव
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक स्वायत्त, पारदर्शी र प्रतिस्पर्धी संस्थाका रूपमा रूपान्तरण गर्न गठित नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।

समितिको प्रतिवेदनले नेप्सेको पुँजी वृद्धि, स्वामित्व संरचनामा परिवर्तन र प्रविधि सुधारका लागि ठोस खाका प्रस्तुत गरेको छ ।
हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग
बागलुङको सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड रुपैयाँ
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत
खविश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ ।

वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ ।
दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण
गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न
चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्मा ?
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक विषयका ६ जना विज्ञहरू पनि मैदानमा उत्रिएका छन् । जसमध्ये केही अर्थविद् पहिलो पटक चुनावमा होमिएका छन् । अन्य केहीले भने यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

यो भदौ २३ र २४ को दुईदिने जेन-जी आन्दोलनपछि मुलुकमा विकसित नयाँ मनोविज्ञानको धरातलमा हुन लागेको निर्वाचन हो ।
जेन-जी आन्दोलनका क्रममा मुलुकमा भ्रष्टाचार बढ्दै गएको, सुशासन स्थापित हुन नसकेको र राजनीतिमा पुस्तान्तरण नभएको जस्ता विषय चर्को रूपमा उठेको थियो ।
व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो
भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा संसदमा आर्थिक वर्ष २०२६–२७ को बजेट प्रस्तुत गरिरहेकी छन्।

प्रमुख क्षेत्रका घोषणासँगै विदेश मन्त्रालय अर्थात् मिनिस्ट्री अफ एक्सटर्नल अफेयर्स (एमईए) का लागि कति बजेट विनियोजन हुने बजेटमा विशेष चासो छ ।
कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित
६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स
चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको हो ।
सामाजिक सुरक्षा कोषमा १ खर्ब नाघ्यो योगदान रकम
‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा’
नेपालमा विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनालाई आयात धान्न पुग्ने
नेपालमा विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको राष्ट्र बैंकले जनाएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।













प्रतिक्रिया