मोरङ-४ मा मतगणना सुरु « Khabarhub

मोरङ-४ मा मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको औपचारिक प्रक्रिया सुरु भएको छ। मतदान केन्द्रहरुबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिकाहरू संकलन गरिसकेपछि राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा मतगणना प्रकिया सुरु भएको हो ।

यस क्षेत्रमा विभिन्न स्थापित र उदाउँदा दलहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका तर्फबाट प्रभावशाली नेता गुरुराज घिमिरे र नेकपा (माओवादी केन्द्र) का तर्फबाट पूर्वमन्त्री अमनलाल मोदी मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सन्तोष राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट माधवप्रसाद आचार्य र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट तवरेज अखतर आलम चुनावी मैदानमा उत्रिएका छन्।

अब गणना कार्यलाई तीव्रता दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना स्थल बाहिर सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ४६ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै