काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी « Khabarhub

काभ्रेमा ६०.४२ प्रतिशत मत खस्यो, मतगणनाको तयारी


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानमा ६०.४२ प्रतिशत मत खसेको छ । जिल्लाको कुल मतदातामध्ये एक लाख ९७ हजार ३४१ मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कुल मतदाता तीन लाख २६ हजार ६११ मध्ये एक लाख चार हजार ५१२ पुरुष र ९२ हजार ८२९ महिलाको मत खसेको हो । एक लाख २९ हजार २७० मतदाता मतदानमा सहभागी नभएको कार्यालयको तथ्याङ्कले देखाएको जनाइएको छ ।

यसैबीच, मतदानस्थलबाट आइपुगेका मतपेटिका रुजु गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले बताए ।

उनका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ को महाभारत, खानीखोला, तेमाल र चौँरीदेउरालीको मतपेटिका ल्याइँदै गरिएको छ भने प्रतिनिधि क्षेत्र नं २ को भुम्लु र बेथानचोक गाउँपालिकाको मतपेटिका ल्याउने काम भइरहेको छ ।

दुवै क्षेत्रका सम्पूर्ण मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेपछि आजैदेखि मतगणना सुरु गरिने न्यौपानेले बताए । उनका अनुसार जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४०० मतदान केन्द्र र एक सय ८९ मतदानस्थल कायम गरिएका थिए । कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ ले उम्मेदवारी दर्ता भएको थियो । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ४७ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै