श्रीलङ्काद्वारा शान्तिको अपील : ‘युद्ध अन्त्यका लागि हरेक पहलमा साथ दिन तयार छौँ’ « Khabarhub

श्रीलङ्काद्वारा शान्तिको अपील : ‘युद्ध अन्त्यका लागि हरेक पहलमा साथ दिन तयार छौँ’


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विश्व समुदायसँग शान्तिको अपील गरेका छन् । उनले युद्धमा नागरिकको ज्यान जोगिनुपर्ने उल्लेख गर्दै शान्तिको अपील गरेका हुन् ।

अमेरिकी टारपिडो प्रहारबाट क्षतिग्रस्त भएको इरानी जहाजबाट उद्धार गरिएका २०० जना इरानी नाविकहरूलाई आफ्नो देशमा शरण दिएपछि राष्ट्रपति दिसानायकेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कुनै पनि युद्धमा सर्वसाधारणको मृत्यु हुन नहुने धारणा राख्दै उनले सबै पक्षलाई शान्तिप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् । श्रीलङ्काले एक राष्ट्रको रूपमा शत्रुतापूर्ण गतिविधिहरू अन्त्य गर्न र मानवीयताको रक्षाका लागि चालिने हरेक कदमलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

राष्ट्रपतिको यो भनाइले वर्तमान तनावपूर्ण परिस्थितिमा जीवन बचाउनु र मानवीय संवेदनालाई प्राथमिकता दिनु नै आफ्नो मुख्य उद्देश्य रहेको प्रस्ट पारेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : १६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल