झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता « Khabarhub

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँच वटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ । 

झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले एक हजार ४२८ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८६ मत प्राप्त गर्दा  नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १२९ मत प्राप्त गरे । 

झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गरेका छन् । 

त्यस्तै झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि छिन् ।  नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार ३१० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईँले १९१ मत प्राप्त गरेकी छन्  । 

झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा रहेका छन् । राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार ४६८, नेकपा (एमाले) का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गरेका छन् । 

झापा–४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि छन् । नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले एक हजार २४८ मत ल्याउँदा नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गरेका छन् । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : ५७ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा