मनाङमा जितेका कांग्रेस नेता टेकबहादुरले शपथ लिन नपाउने « Khabarhub

मनाङमा जितेका कांग्रेस नेता टेकबहादुरले शपथ लिन नपाउने


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदीले ४४६ मत ल्याइन् ।

तर निर्वाचन जिते पनि गुरुङले सांसदको शपथ लिन भने पाउने छैनन् । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिने क्रममा भएको अनियमितता प्रकरणमा उनी विशेष अदालतबाट भ्रष्टाचारको मतियार ठहर भएका कारण शपथग्रहणमा कानुनी अड्चन परेको हो ।

विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई दोषी ठहर गर्दै उनीबाट १ करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला सुनाएको थियो । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। मुद्दाको अन्तिम फैसला नआएसम्म गुरुङको सांसद पदको शपथ र पद सम्हाल्ने विषय अन्योलमा रहने देखिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ५८ बजे

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका