भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता « Khabarhub

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका लागि नीति निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।

बुधबार युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत फोहोरमैला व्यवस्थापन नीतिनिर्माणका लागि आयोजित प्रारम्भिक कार्यशालामा बोल्दै अधिकारीले महानगरपालिकाको टोली यस विषयमा गम्भीरतापूर्वक लागिपरेको बताए । उनले दीर्घकालीन रूपमा प्रभावकारी फोहोरमैला व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा क्रीएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले भरतपुर महानगरका लागि आवश्यक कानुन निर्माणमा सहयोग पुर्‍याउनु परियोजनाको महत्त्वपूर्ण उद्देश्य रहेको बताइन् । 

उनका अनुसार स्थानीय तहमा दिगो फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्न नीतिगत आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको छ।

कार्यशालामा वातावरण अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार, नागरिक समाज, व्यवसायी तथा फोहोरमैला संकलनकर्ताहरूले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी, व्यावहारिक र दिगो बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।

भरतपुर महानगरपालिकाको फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर विराट घिमिरेले क्रीएसन नेपालसँगको सहकार्यले महानगरका लागि उपयुक्त र प्रभावकारी नीति निर्माणमा महत्त्वपूर्ण कडी साबित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ३ : ०३ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत