गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु « Khabarhub

गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा– यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको छ । 
     
हिमाली गाउँमा कृषि तथा पर्यटनलाई जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले स्थानीय व्यवसायीले माछापालन सुरु गरेका हुन् । 

गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गरी होटल परिसरमै ट्राउट माछापालन सुरु गरिएको हो । 

होटल सञ्चालक तथा माछापालक सुजन तामाङका अनुसार पाहुनाको रूचिअनुसार ताजा माछाका परिकार ख्वाउन थालेपछि पर्यटक आकर्षित भएका छन् ।

समुद्र सतहदेखि करिब २६०० मिटर उचाइमा रहेको चिसोपानीमा पालिएको रेन्बो ट्राउट माछा अन्य स्थानको भन्दा स्वादिलो भएको माछाका पारखी मार लामा तामाङ बताउँछन् । 

काठमाडौँबाट दैनिक बस सेवा सञ्चालनमा आएकाले ज्येष्ठ नागरिक, विद्यार्थी तथा प्रकृति अध्ययनमा रुचि राख्ने युवाका लागि गतलाङ पुग्न सहज बनेको छ । 

मिश्रित वनस्पति, जैविक विविधता र हिमाली वातावरणको अवलोकन गर्न युवापुस्ता बढी आकर्षित हुन थालेको स्थानीयवासीले बताएका छन् । गतलाङमा होमस्टेसमेत सञ्चालन हुन थालेका छन् ।

तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने गतलाङ हाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । 

यहाँ उत्पादित सिमीको दाल, सिस्नुको तरकारी, मकै र फापरको ढिँडोजस्ता स्थानीय परिकारसँगै ताजा ट्राउट माछाले पर्यटकलाई विशेष स्वाद दिलाउन थालेको छ । स्थानीय फुर्पु तामाङका अनुसार गतलाङ पुग्ने अधिकांश पर्यटक खुसी र सन्तुष्ट भएर फर्कने गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ११ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका