आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण « Khabarhub

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रभावित समुदायलाई सिलाइ मेसिन वितरण गरिएको छ ।

ऋषिङ गाउँपालिका–१ का आयोजना प्रभावित महिलालाई लक्षित गर्दै वडा कार्यालयले उपलब्ध गराएको छ महिने सिलाइकटाइ तालिम सम्पन्न गरेका २५ जनालाई आयोजनाले प्रत्येकलाई एक–एक वटा सिलाइ मेसिन हस्तान्तरण गरेको हो । आज वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरिएको थियो ।

आयोजना प्रमुख श्यामजी भण्डारीले यस्तो कार्यक्रमले स्थानीय महिलाको सीप विकाससँगै आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

 उनले भने, ‘आयोजनाले केवल भौतिक पूर्वाधार निर्माणमा मात्र होइन, प्रभावित समुदायको जीवनस्तर उकास्न पनि प्राथमिकता दिएको छ । तालिमसँगै आवश्यक उपकरण उपलब्ध गराउँदा सहभागी महिलाले तत्कालै आफ्नो सीपलाई आयआर्जनमा रूपान्तरण गर्न सक्नेछन् ।’

भण्डारीका अनुसार, आयोजना प्रभावित क्षेत्रका नागरिकलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो । ‘जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै आयका वैकल्पिक अवसर सिर्जना गर्नु हाम्रो लक्ष्य हो’, उनले भने।
 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ४१ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत