चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने « Khabarhub

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन भएको बताए ।

उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, ‘आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भान घर निर्माणका लागि बजेट प्रस्ताव गरिएको छ ।’

स्थानीय सन्देश आचार्यले उद्यानले यस क्षेत्रकै विकास हुने बताए। उनले भने,, ‘भानु साहित्य उद्यानले यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र साहित्यिक उन्नयनका लागि ठूलो टेवा पुग्नेछ ।’

चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा भानु भवन निर्माण गरिनेछ । सो भवन परम्परागत गोलघर शैलीमा निर्माण गरिनेछ । उक्त घरमा भानुभक्त आचार्यका जीवनीको सम्पूर्ण पक्षलाई चित्रांकन गर्दै उनको जीवनी र स्मृतिसँग सम्बन्धित चित्रकृति राख्ने प्रस्ताव गरिएको छ ।

उक्त भवनको माथि ५४ फिट अग्लो पलेँटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिनेछ । गुरुयोजनाअनुसार दक्षिण दिशामा विविध भाषा, साहित्यिक स्रष्टाको मूर्ति निर्माण गरिनेछ ।

मूर्तिबाटिकाको तल भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञाभवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र निर्माण गरिने योजना रहेको छ ।

उद्यान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले गुरुयोजना कार्यान्वयनका लागि ४३५ रोपनी जग्गा अधिग्रहण गरिएको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १० : ५६ बजे

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६