श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ « Khabarhub

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

निजले ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको गएराति रड प्रहार गरी हत्या गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ७ : ५९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको