ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग « Khabarhub

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्।

उनले प्रहरी वृत्त बालाजु पुगेर घटनाबारे जानकारी लिएका थिए। सो क्रममा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए। मृतक भुजेल पूर्वमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का स्थानीय बासिन्दा भएको बताइएको छ।

प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीय कुमार थापा मगरले गए राति आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ५ : ५७ बजे

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको