कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा « Khabarhub

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् र यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन् ।

कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव २८१७ को ‘ठाडो उल्लङ्घन’ हो ।

क्षेत्रीय द्वन्द्व रोक्नका लागि व्यापक विश्वव्यापी प्रयासहरू केन्द्रित भइरहेका बेला निरन्तर आक्रमणले खतरनाक तनाव वृद्धिलाई सङ्केत गरेको विज्ञप्तिमा उल्लेख छ।

‘कुनै पनि बहानामा आक्रमणको औचित्य पुष्टि गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ । बहराइनको विदेश मन्त्रालयले शनिबार नै एक विज्ञप्ति जारी गर्दै आक्रमणले खाडी क्षेत्रको सुरक्षा र स्थिरताका लागि खतरा उत्पन्न गरेको जनाएको छ ।

उसले इरानलाई आक्रमण रोक्न, स्ट्रेट अफ हर्मुज बिना कुनै प्रतिबन्ध खुला गर्न र अन्तर्राष्ट्रिय कानून अन्तर्गत समुद्री नौवहनको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ।

यसअघि शनिबार कुवेत र बहराइन दुवैले मिसाइल र ड्रोन आक्रमणहरू रोक्ने घोषणा गरेका थिए, जबकि इरानको इस्लामिक रिभोलुसन गार्ड कोर ९आईआरजीसी० ले कुवेतको अली अल सलेम एयर बेस र बहराइनमा अमेरिकी सेनाको एकाई ‘फिफ्थ फ्लीट’को मुख्यालयमा आक्रमण गरेको पुष्टि गरेको थियो।

केश्म टापुमा रहेको आईआरजीसीको सञ्चार टावरमा रातिको समयमा भएको अमेरिकी आक्रमणको बदलामा आईआरजीसीले कुवेत र बहराइनमा रहेका दुई अमेरिकी बेसमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको घोषणा गरेको केही दिनपछि तेहरानको यो घटना भएको हो ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  १० : ४३ बजे

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ