बंगलादेशमा इसाई धर्मावलम्बीमाथि हिंसा बढ्दो « Khabarhub

बंगलादेशमा इसाई धर्मावलम्बीमाथि हिंसा बढ्दो


२३ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा रहेका अल्पसंख्यक इसाई समुदायमाथि पछिल्लो समय साम्प्रदायिक आक्रमणका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन् । विशेष गरी इस्लामवादी दल जमात-ए-इस्लामीको बलियो प्रभाव रहेका क्षेत्रहरूमा इसाईहरुलाई बढी निसाना बनाइएको छ ।

सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनकालको अन्त्य भएपछि गत फेब्रुअरीमा बंगलादेशमा पहिलो पटक आम निर्वाचन सम्पन्न भएको थियो । हसिनाको बहिर्गमनपछि देशमा क्रिस्चियन र हिन्दु दुवै समुदायमाथि आक्रमणका घटनाहरू बढेको छ ।

यसमा पनि विशेष गरी इस्लाम धर्म परिवर्तन गरेर इसाई बनेकाहरू बढी जोखिममा परेका छन् । हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) विजयी भएको छ भने उनको मुख्य प्रतिद्वन्द्वीको रूपमा जमात-ए-इस्लामी लगायतका इस्लामवादी दलहरूको गठबन्धन रहेको थियो ।

चुनावमा पराजित भए पनि यो गठबन्धनले झन्डै एक तिहाइ मत प्राप्त गर्न सफल भएको थियो । अल्पसंख्यक इसाईहरुको हकहितमा काम गर्ने संस्था ओपन डोर्स यूके एन्ड आयरल्यान्डका अनुसार निर्वाचनपछि अल्पसंख्यकहरू विरुद्धको हिंसा झनै चर्किएको छ ।

निर्वाचन सकिएयता मात्रै ५० भन्दा बढी यस्ता हिंसात्मक घटनाहरू दर्ता भइसकेका छन् । हालै राजधानी ढाकाको सेन्ट युजिन डी माजेनोडमा एक क्याथोलिक पादरीमाथि हातपात गर्दै उनको राहदानी र करिब एक हजार पाउन्ड बराबरको रकम लुटिएको थियो ।

शारीरिक हिंसाका साथै इसाई समुदायले मानसिक दबाब र असहष्णुताको पनि सामना गर्नु परिरहेको छ । हालै एक इस्लामवादी प्राथमिक विद्यालयका शिक्षकले स्थानीय इसाईहरुलाई धर्म परिवर्तन गर्न दबाब दिएका थिए ।

यस्ता घटनाहरू बढेपछि गत मार्च महिनामा हिन्दु र क्रिस्चियन समुदायका नेताहरूले ढाकामा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका थिए । उनीहरूले वर्तमान बीएनपी सरकारसँग अल्पसंख्यक समुदायको जिउधनको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ४ : ४६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको