घाँसको बीउ उत्पादन « Khabarhub

घाँसको बीउ उत्पादन


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ ।

चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिए । 

उनका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालयबाट उत्पादन भएको घाँसको बीउ १९ हजार २ सय २६ किलो किसानलाई बिक्रीवितरण गरिएको छ । कार्यालयमा एक हजार ७ सय ९० किलो खपत भई ११ हजार ४ सय ३ केजी घाँसको बीउ बाँकी रहेको छ । 

कार्यालयले बर्सिम, जै, भेच, टियोसेन्टी, ज्वाइन्ट भेच स्टाइलो कुक्स, नेपियर लगायतको घाँस र बडहर, टाँकी, कोइरालो, इपिलइपिल, किम्बु मेन्डोला लगायतको डालेघाँसको बीउ तथा विरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ । 

चालु आर्थिक वर्षमा घाँसको बीउ तथा हरियो घाँस बिक्री गरेर २० लाख ४७ हजार ७०४ रुपैयाँ आम्दानी गरेको छ । 

कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण हुँदै आएको वरिष्ठ पशु विकास अधिकृत डा. खनालले जानकारी दिए । 

खजुरा–२ गौघाटमा करिब ३४ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय पशु प्रजनन कार्यालयले व्यावसायिक रुपमा घाँसको बीउ खेती गरी किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताए । 

अहिले घाँसको बीउ छर्ने र बिरुवा रोप्ने काम भइरहेको छ । वर्षाद् नभएका कारण यो वर्ष घाँसको बीउ छर्न र बिरुवा रोप्न केही ढिलाइ भएको जैसीले जानकारी दिए । 

राष्ट्रिय पशु प्रजनन कार्यालय २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर) का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको छ ।  

यो कार्यालयले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । 

कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको जैसीले बताए । रासस

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : २६ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण