इन्धन अभाव टार्न रूसले भारतबाट पेट्रोल आयात गर्न थाल्यो « Khabarhub

इन्धन अभाव टार्न रूसले भारतबाट पेट्रोल आयात गर्न थाल्यो


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी आक्रमणका कारण ऊर्जा पूर्वाधारहरूमा क्षति पुगेपछि उत्पन्न इन्धन संकट टार्न रूसले भारतबाट समुद्री मार्ग हुँदै पेट्रोल आयात गर्न सुरु गरेको छ । धेरै ठाउँमा इन्धन जोगाउन थालिएको छ भने पेट्रोल पम्पहरूमा लामा लाइन लाग्न थालेका छन् । यसैबीच रूसमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

रुसले अन्य देशहरूसँग संवाद गरिरहेको र उपयुक्त मूल्यमा इन्धन आयात गर्ने विषयमा छलफल भइरहेको क्रेमलिनले जनाएको छ । यद्यपि यस विषयमा रूसको ऊर्जा मन्त्रालय र भारतको पेट्रोलियम मन्त्रालयले तत्काल कुनै आधिकारिक टिप्पणी गरेका छैनन् ।

स्रोतहरूका अनुसार भारतबाट अहिलेसम्म कम्तीमा ६० हजार मेट्रिक टन पेट्रोल रूसका लागि पठाइसकिएको छ । दुई वटा ट्याङ्करमार्फत ३० हजार देखि ४० हजार टनका दरले यो इन्धन पठाइएको हो । रूसले छिमेकी देश बेलारुससहित विभिन्न मुलुकबाट हरेक महिना कुल ४ लाख टन पेट्रोल आयात गर्ने योजना बनाएको छ । बेलारुसले यसअघि नै रूसलाई इन्धन निर्यात गर्न सुरु गरिसकेको छ ।

गर्मीयाममा रूसमा इन्धनको माग उच्च हुने गर्दछ र यहाँ दैनिक कम्तीमा १ लाख १० हजार टन पेट्रोल खपत हुने गर्दछ । भारतको कुन रिफाइनरी कम्पनीले रूसलाई पेट्रोल आपूर्ति गरिरहेको छ भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी ड्रोन आक्रमणका कारण केही क्षेत्रमा इन्धन अभाव भएको स्वीकार गर्दै सरकारले यसको समाधान खोजिरहेको बताएका छन् ।

रूसले इन्धन संकट समाधानका लागि गत हप्ता आफ्नो कर कानुनमा समेत संशोधन गरेको छ । नयाँ व्यवस्था अनुसार भारतीय ढुवानी लागत र मूल्यका आधारमा इन्धन आयातमा अनुदान दिने निर्णय गरिएको छ। अर्कोतर्फ, खाडी क्षेत्रको हर्मुज जलयोजक बन्द भएका कारण अन्य देशबाट हुने आपूर्ति प्रभावित भएपछि भारतले रूसबाट कच्चा तेलको आयात उल्लेख्य रूपमा बढाएको छ ।

जुन महिनामा भारतले आफ्नो कुल आयातको आधाभन्दा बढी हिस्सा अर्थात् दैनिक करिब २७ लाख ब्यारेल कच्चा तेल रूसबाट मात्रै भित्र्याएको छ, जुन मे महिनाको तुलनामा निकै बढी हो । विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता देश भारतले रूसी तेलमा आफ्नो निर्भरता बढाउँदा रूसलाई पनि पश्चिमी प्रतिबन्धहरूका बीच ठूलो राहत मिलेको देखिन्छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : १६ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले