ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’ « Khabarhub

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको आलोचना गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हिजो आफैँले गरेको भाषण सम्झेर आज लाज लागेको बताए। प्रसाईंले देशैभरी अभाव भएको ग्यास प्रधानमन्त्री र मन्त्री क्वाटरमा छ कि छैन भनेर सरकारमाथि कडा प्रश्न गरे ।

उनले थप्दै प्रश्न गरे,’ यदि कृत्रिम अभाव भएको हो भने, सरकारले भनेजस्तो ह्वारह्वार्ती ग्यास आएको कहो भने ती कालोबजारी गर्नेलाई कानूनको कठघरामा ल्याएर कारबाही गर्न दुईतिहाइको सरकारलाई केले रोकेको छ?

आफूले चुनावताका ‘सरकारी कार्यालयहरूमा त्यत्रो लाइन, रास्वपाको पालामा अन्ली अनलाइन’ भनेर गरेको भाषण सम्झिँदै उनले भने, ‘सभामुखज्यू म कहिलेकाहीँ कन्फ्युजन हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन !’

उनले चुनावताका गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभर, रातभर, मध्यरातसम्म लाइन बसेका दृश्यले आफूलाई लाज लागेको टिप्पणी गरे । 

उनले भने, ‘जनताले नयाँ सरकार चाहियो भनेको चिल्ला नयाँ अनुसार चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनु पर्छ।’

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ६ : २३ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः