ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन् « Khabarhub

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी छन्। हाल उपचाररत उनलाई भण्डारीले अस्पतालमै पुगेर भेटेकी हुन् ।

अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले गुन्डुमा बोलाएर दलको नेताबाट राजीनामा दिन चर्को दबाब दिएका थिए । सोमबार साँझ गुन्डुस्थित अध्यक्ष ओली निवासमा बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।

त्यसपछि उनलाई त्यही रात भक्तपुरको मध्यपुर थिमी अस्पतालमा उपचारपछि त्रिपुरेश्वरस्थित होटलमा लगिएको थियो। मंगलबार दिउँसो उनी उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले थपलियालाई मंगलबार सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको बताएका थिए । उनलाई अहिले पनि स्लाइन चढाएर निगरानीमा राखिएको छ।

थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् । उनलाई बुझ्न भण्डारी सचिवालयका केही सदस्यहरूलाई लिएर अस्पताल पुगेकी थिइन्। उनले त्यसक्रममा शीघ्र निको हुन भन्दै आफ्नोतर्फबाट ढाडस पनि दिइन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : ३० बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।