मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग « Khabarhub

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा टेम्पो चालक रमेश तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ८९ हजार ३०० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

महाराजगञ्जस्थित बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत तामाङलाई संगठनले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो।

आगामी आइतबार तामाङको मुटुको शल्यक्रिया हुँदैछ। शल्यक्रियाअघि सोमबार संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेसहितको टोलीले ५० हजार १०० रुपैयाँ हस्तान्तरण गरेको हो। यसअघि पनि संगठनले तामाङलाई ३९ हजार २०० रुपैयाँ सहयोग गरिसकेको थियो।

परिवारको मुख्य आयस्रोतका रूपमा रहेका तामाङको उपचारमा थप सहयोग गर्न संगठनले सबै श्रमिकलाई आह्वानसमेत गरेको छ।

काठमाडौंको अनामनगर रुटमा बा.१ ह. ३९९३ नम्बरको सफा टेम्पो चलाउँदै आएका तामाङको गत फागुनमा मुटुमा प्वाल परेको समस्या पहिचान भएको थियो। उनी २०६० सालदेखि अनामनगर रुटमा सफा टेम्पो चालकका रूपमा कार्यरत छन्।

हेटौंडाका स्थायी बासिन्दा तामाङ काठमाडौंमा भाडामा बस्दै आएका छन्। आफ्नो श्रमबाट श्रीमती, एक छोरी र एक छोराको पालनपोषण तथा शिक्षादीक्षा गर्दै आएका उनी अहिले गम्भीर स्वास्थ्य समस्याका कारण थप पारिवारिक समस्यामा परेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको काठमाडौं सफा टेम्पो कमिटीमार्फत तामाङका लागि सहयोग जुटाइएको हो। तामाङको उपचार तथा पारिवारिक अवस्थालाई ध्यानमा राख्दै संगठनले निरन्तर सहयोग गर्दै आएको काठमाडौं सफा टेम्पो कमिटीका कोषाध्यक्ष धर्मराज सापकोटाले बताए।

‘उहाँको उपचारमा सहयोग गर्न संगठनमार्फत सम्पूर्ण श्रमिकलाई आह्वान गर्छौं,’ सापकोटाले भने। अस्पताल पुगेको टोलीले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारका लागि आवश्यक सहयोगका विषयमा समेत छलफल गरेको थियो।

श्रमिकलाई बचाउन संगठनको तर्फबाट कुनै कसुर बाँकी नराखिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए।

अस्पतालमा तामाङलाई भेट्न संगठनका केन्द्रीय उपाध्यक्ष घिमिरेसहित केन्द्रीय सदस्यहरू कृष्णमाया ब्लोन, कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष वेदप्रसाद घिमिरे, उपसचिव नारायण श्रेष्ठ (काइँला) तथा सदस्यहरू विकास लामा र तीर्थमाया लामा लगायत पुगेका थिए।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १ : २१ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा