काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू मनोनीत गर्ने अधिकार दिएको छ। विधानअनुसार सभापतिले चार जना सहमहामन्त्री मनोनीत गर्न पाउने व्यवस्था छ।
त्यस्तै, ६१ जना केन्द्रीय सदस्यसमेत सभापतिले मनोनीत गर्न पाउने प्रावधान रहेको छ। केन्द्रीय सदस्यहरूमध्येबाटै सभापतिले कोषाध्यक्षसमेत चयन गर्ने व्यवस्था विधानमा गरिएको छ।
कांग्रेसको यसपटकको महाधिवेशनबाट संगठनको संरचनामा केही थप पदसमेत समावेश भएका छन्। एक जना महिला महामन्त्री, एक जना वरिष्ठ उपसभापति र एक जना उपसभापतिको पद थपिएको छ।
त्यसैगरी, सहमहामन्त्रीका पदमा पनि केही थप व्यवस्था गरिएको छ। महाधिवेशनबाट निर्वाचित पदाधिकारीबाहेक विधानले दिएको अधिकारअनुसार सभापतिले विभिन्न पदमा नेताहरूलाई मनोनीत गर्नेछन्।
यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तारमा सभापतिको भूमिका महत्वपूर्ण हुने भएको छ। विशेषगरी मनोनीत हुने केन्द्रीय सदस्य, सहमहामन्त्री र कोषाध्यक्ष चयनमा सभापतिको निर्णय निर्णायक हुनेछ।














प्रतिक्रिया