भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन « Khabarhub

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा भव्यपूर्वक सम्पन्न भएको छ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ९सिआईएफटी० को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरुको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका लागि एक महिनाअघि नै आवेदन फर्म खुला गरिएको थियो ।

अडिसनमा मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रियस्तरका कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा आयोजक संस्था सिआईएफटीकी प्रमुख सुचिता सची निर्णायकको रुपमा रहेको थिए ।

अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगिताले फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकतामा राखिएको थियो ।

‘प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन । व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिने छ’, सचीले बताइन् ।

सिआईएफटीले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने जनाएको छ । आयोजकका अनुसार एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतियोगी छनोट गरिँदैछ ।

‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन् । आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ ।

सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले प्लेटफर्म प्रदान गरेको जनाएको छ । कलाकर्मी ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अफिसियल मिडिया पार्टनर हो ।

तस्विरहरुः किशोर श्रेष्ठ/ड्रिम भिजन स्टुडियो

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ८ : २७ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले