काठमाडौँ- शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले सुकुन्दा र्याली आयोजना गरेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा शनिबार साँझ काठमाडौँको लगन टोलबाट र्याली सुरु भएको हो ।
र्याली लगनबाट ब्रह्म टोल, वन्दे, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुने कार्यक्रम छ।
र्यालीमा विभिन्न सांस्कृतिक झाँकी तथा सुकुन्दा प्रदर्शन गरिएको छ । नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
शुभ दीपावली तथा नयाँ वर्ष नेपाल संवत्को अवसरमा आयोजना गरिएको र्यालीले काठमाडौँको परम्परागत सांस्कृतिक पहिचान र सम्पदाको महत्वलाई उजागर गरेको छ ।














प्रतिक्रिया