चिनियाँ औद्योगिक गतिविधि निरन्तर संकुचित « Khabarhub

चिनियाँ औद्योगिक गतिविधि निरन्तर संकुचित


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक तथा बाह्य मागमा आएको कमीका कारण गत अक्टोबर महिनामा चीनको औद्योगिक गतिविधि अप्रत्याशित रूपमा संकुचित भएको छ । हालै सार्वजनिक सरकारी सर्वेक्षण अनुसार पछिल्लो चार महिनामा चीनको उत्पादन क्षेत्र संकुचनमा आएको यो तेस्रो पटक हो ।

राष्ट्रिय तथ्यांक ब्युरोको तथ्यांकअनुसार आधिकारिक उत्पादनमूलक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) सेप्टेम्बरको ५०.१ बाट घटेर अक्टोबरमा ४९.३ मा झरेको छ । रोयटर्सको सर्वेक्षणले यो सूचकांक ५०.० रहने प्रक्षेपण गरेको थियो । ५० भन्दा माथिको अंकले आर्थिक विस्तार र तलको अंकले संकुचनलाई जनाउँछ ।

सेप्टेम्बरमै क्रिसमससम्बन्धी वैदेशिक अर्डरहरू पूरा भइसकेकाले अक्टोबरमा निर्यात माग घटेको हो । यसैगरी, अक्टोबरको पहिलो साता राष्ट्रिय दिवसको लामो बिदामा बढेको आन्तरिक उपभोग त्यसपछि सुस्ताउँदा उद्योगहरू प्रभावित भएका छन् । चाइना फेडेरेसन अफ लजिस्टिक्स एन्ड पर्चेजिङका विश्लेषक झाङ लिकुनले अपर्याप्त मागका कारण अर्थतन्त्रमा दबाब बढेको भन्दै नीति निर्माताहरूले तत्काल सुधारका कदम चाल्नुपर्ने बताएका छन् ।

अक्टोबरमा नयाँ अर्डर र नयाँ निर्यात अर्डरका उप–सूचकांकहरू संकुचनमै रहेका छन् भने उत्पादन र खरिद गतिविधि पनि विस्तारबाट संकुचनमा झरेका छन् । सेवा र निर्माण क्षेत्र समेट्ने गैर–उत्पादनमूलक पीएमआई समेत सेप्टेम्बरको ५०.२ बाट घटेर ४९.७ मा सीमित भएको छ ।

समग्र औद्योगिक क्षेत्र सुस्ताए पनि रेलमार्ग, पानीजहाज निर्माण, एरोस्पेस उपकरण, कम्प्युटर तथा इलेक्ट्रोनिक्स उत्पादनका उप–सूचकांकहरू भने ५३.० वा सोभन्दा माथि रहेर सकारात्मक देखिएका छन् । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ।

यसअन्तर्गत झोङजी इनोलाइटको तेस्रो त्रैमासिक खुद नाफा झन्डै तेब्बरले बढेको छ । यद्यपि, सुस्त आन्तरिक बजार र बढ्दो लागतका कारण परम्परागत उद्योग र घरजग्गासँग सम्बन्धित कम्पनीहरू भने मारमा परेका छन्, जसको उदाहरणस्वरूप फर्निचर निर्माता ओपेइन होमको खुद नाफा ८० प्रतिशतले घटेको छ ।

दोस्रो त्रैमासिकको ४.३ प्रतिशतको तुलनामा तेस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेकाले थप प्रोत्साहन प्याकेज बिना नै चीनले आफ्नो ४.५ देखि ५.० प्रतिशतको वार्षिक आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ६ : १५ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका