समता स्कुललाई कम्प्युटर हस्तान्तरण « Khabarhub

समता स्कुललाई कम्प्युटर हस्तान्तरण


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गरेकी हुन् ।

विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर वितरण गरिएको उपप्रमुख शेर्पाले बताइन् । 

विद्यार्थीहरू निवेदनसहित आफ्नै कार्यकक्षमा आएर कम्प्युटरको माग गरेको जानकारी दिँदै उनले शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन स्थानीय सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गरिन् ।

‘मैले यसअघि पनि विभिन्न विद्यालयमा आवश्यकताका आधारमा सहयोग गर्दै आएकी छु’, उपप्रमुख शेर्पाले भनिन्, ‘स्थानीय सरकारले शिक्षालाई आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउन निरन्तर प्रयास गरिरहेको छ ।’

कम्प्युटर प्राप्त भएपछि विद्यालयको पठनपाठन अझ प्रभावकारी हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले बताए । उनका अनुसार विद्यार्थीलाई समय व्यवस्थापन गरेर नियमित रूपमा कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

‘विद्यालयले कम्प्युटर प्राप्त गरेको छ’, अध्यक्ष प्रधानले भने, ‘यसले कम्प्युटर शिक्षा सञ्चालन गर्न सहजता थप्ने हाम्रो अपेक्षा छ । विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र समयानुकूल शिक्षा दिन निरन्तर ध्यान दिँदै आएको छ ।’

विसं २०७५ सालदेखि सञ्चालनमा आएको समता विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन गर्ने ३४३ विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : २१ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र