सबै कांग्रेसका पदाधिकारी हारतर्फ, सभापति गगनमाथि नै सोझियो नैतिक प्रश्न « Khabarhub

सबै कांग्रेसका पदाधिकारी हारतर्फ, सभापति गगनमाथि नै सोझियो नैतिक प्रश्न


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका सबै पदाधिकारी पराजित हुने देखिएको छ । देशभरीको भइरहेको मतगणनाअनुसार कांग्रेसका सभापति गगन थापादेखि सबै पदाधिकारी प्रतिस्पर्धामा पछाडि देखिएका हुन् ।

प्रारम्भिक मतगणनाअनुसार सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका कांग्रेस सभापति थापा रास्वापाका अमरेशकुमार सिंह भन्दा ६ हजार बढी मतले पछाडि छन् । सुरुदेखिको मतगणनाबाट देखिएको मत परिणामको अवस्थालाई हेर्दा सभापति थापाले निर्वाचन जित्ने सम्भावना देखिँदैन ।

कांग्रेसका दुईजना उपसभापतिमध्ये विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने चुनावी मैदानमा छैनन् ।

कांग्रेसका महामन्त्रीमध्ये प्रदीप पौडेल काठमाडौं ५ बाट रास्वपाका सस्मित पोखरेलसँग पराजित भइसकेका छन् । अर्का महामन्त्री गुरुराज घिमिरे पनि मोरङ ४ बाट रास्वपाकै सन्तोष राजवंशीबाट भारी मतान्तरले पराजित भएका छन् ।

त्यस्तै, बारा ३ बाट उम्मेदवार सह-महामन्त्री फरमुल्लाह मन्सुर रास्वपाका अरविन्द साहसँग पराजित भएका छन् । बझाङमा उम्मेदवार रहेका अर्का सहमहामन्त्री प्रकाश रसाइली एमालेका ऐन महरसँग पराजित भएका छन् ।

यसका साथै, ललितपुरमा बलियो राजनीतिक पकड भएका सह-महामन्त्री उदय शमशेर राणा पनि रास्वापका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भइसकेका छन् । 

दाङ १ मा उम्मेदवार रहेका अर्का सह-महामन्त्री योगेन्द्र चौधरी पनि पछिल्लो मतगणना परिणाअनुसार रास्वपाका उम्मेदवार रास्वापका देवराज पाठकसँग दोब्बर मत बढीले पछाडि छन् ।

त्यस्तै, डोल्पामा उम्मेदवार रहेका सहमहान्त्री कर्णबहादुर बुढा पनि पछिल्लो मतगणना परिणामअनुसार नेकपाका धनबहादुर बुढासँग पाँच गुणाले पछि छन् । सुरुवातदेखिको मतान्तरले सहमहामन्त्री बुढाले चुनाव जित्ने देखिँदैन ।

अन्य तीन सहमहामन्त्री डिला संग्रैला, मुक्तकुमारी यादव र बहादुरसिंह लामा अहिले चुनावी मैदानमा छैनन् ।

पार्टीमा तत्कालीन सभापति शेरबहादुर देउवा एउटा पक्षको उपस्थितिबिना नै सम्पन्न भएको कांग्रेसको विशेष महाधिवेशनका पदाधिकारी चुनावी मैदानबाट पूर्ण रूपमा पराजित भएमा उनीहरूमाथि ठूलो नैतिक प्रश्न सिर्जना हुने पनि देखिएको छ ।

कांग्रेस २.० बनाएको दाबी गरिरहेका सभापति थापा आफैं पराजयतर्फ अघि बढिरहँदा उनीमाथि पार्टी नेतृत्व लिएको केही समयमै भारी दबाब पर्ने देखिएको छ।

यद्यपि कांग्रेस असफल हुनुमा तत्कालीन सभापति देउवाको पनि उत्तिकै भूमिका छ । तर परिवर्तित कांग्रेस पतनका लागि एमालेसँग प्रतिस्पर्धा गरिरहँदा गगनमाथि नैतिक दबाब भने उच्च बनेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : २२ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको