पश्चिम एशियामा बढ्दो तनावप्रति मोदी चिन्तित, क्षेत्रीय शान्ति र स्थिरताका लागि आह्वान « Khabarhub

पश्चिम एशियामा बढ्दो तनावप्रति मोदी चिन्तित, क्षेत्रीय शान्ति र स्थिरताका लागि आह्वान


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि आह्वान गरेका छन् । इरानमाथि अमेरिका र इजरायली हमला तथा त्यसको प्रतिउत्तरमा तेहरानले गरेको जवाफी कारबाहीका कारण स्थिति तनावपूर्ण बनेपछि मोदीको यस्तो प्रतिक्रिया आएको हो ।

नयाँ दिल्ली भ्रमणमा रहेका क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले भारत सधैँ शान्तिको पक्षमा रहेको र कुनै पनि विवादको समाधान ‘संवाद र कूटनीति’ बाटै गरिनुपर्नेमा जोड दिएका छन् । शनिबार इरानमा भएको संयुक्त सैन्य आक्रमणमा इरानी सर्वोच्च नेता आयतुलला अली खामेनीको मृत्यु भएपछि तेहरानले साउदी अरब, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा ड्रोन र मिसाइल प्रहार गरेको छ ।

यसै पृष्ठभूमिमा प्रधानमन्त्री मोदीले इजरायली समकक्षीसँग समेत टेलिफोन वार्ता गर्दै सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिन र युद्धलाई छिट्टै अन्त्य गर्न आग्रह गरेका छन् । भारत सरकारले यस संकटबारे छलफल गर्न सुरक्षा सम्बन्धी क्याबिनेट समितिको उच्चस्तरीय बैठक समेत बोलाएको छ ।

बैठकले मध्यपूर्वमा रहेका ठूलो संख्याका भारतीय नागरिकहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरूको सहयोगका लागि आवश्यक कदम चाल्न सम्बन्धित विभागहरूलाई निर्देशन दिएको छ । यस्तै, क्यानडाका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय व्यापारलाई ५० अर्ब डलर पुर्‍याउने लक्ष्यका साथ व्यापारिक सम्बन्ध बलियो बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : ०९ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा