टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने « Khabarhub

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको छ । गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढाइएको हो ।

भवन सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । उनका अनुसार २०८४ साल असोज २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पाँच करोड ७१ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो प्रयासपछि प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । व्यवस्थित भवन अभावका कारण गाउँपालिकाले कच्ची संरचना तथा भाडाका घरबाट सेवा सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

‘हाल भवन अभावकै कारण सेवा व्यवस्थापनमा विभिन्न चुनौतीहरू छन्’, उनले भने, ‘नयाँ भवन निर्माणपछि सबै सेवा एउटै स्थानबाट सहज रूपमा उपलब्ध गराउन सकिनेछ । यसले नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।’ उनले भवन निर्माणका लागि निःशुल्क तथा सहुलियत दरमा जग्गा उपलब्ध गराउने स्थानीयवासीप्रति आभार व्यक्त गर्दै उहाँहरुको सहयोगले विकास निर्माणमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गरे ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले भवन अभावका कारण स्थानीय सरकारले सेवा प्रवाहमा भोग्दै आएको समस्या अन्त्य गर्न प्रशासनिक भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । भवन निर्माणपश्चात् प्रशासनिक सेवा मात्र नभई न्यायिक समितिमार्फत हुने सेवा प्रवाहमासमेत सहजता हुने उनको भनाइ छ । उनले भवनलाई गुणस्तरीयढङ्गले समयमै सम्पन्न गराउन आवश्यक समन्वय र सहजीकरण गरिने बताइन् ।

निर्माण व्यवसायी तेज श्रेष्ठले कुनै अवरोध नआए तोकिएको समयसीमाभित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण प्राविधिक मापदण्डअनुसार अघि बढाइने र गुणस्तरमा कुनै सम्झौता नगरिने उनको भनाइ छ ।

भवन निर्माणले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र पारदर्शी बनाउने भूमिका खेल्ने स्थानीयवासी रविचन्द्र राईले बताए । हाल भवन नहुँदा सेवा लिन समस्या रहेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ९ : ४७ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको