अर्थसंक्षेप : इन्धनको ५० प्रतिशत कर छुट, राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित, योजना आयोगको उपाध्यक्षमा भट्ट र जुम्ला मालपोतले एक करोड ८६ लाखभन्दा बढी राजस्व उठायो « Khabarhub

अर्थसंक्षेप : इन्धनको ५० प्रतिशत कर छुट, राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित, योजना आयोगको उपाध्यक्षमा भट्ट र जुम्ला मालपोतले एक करोड ८६ लाखभन्दा बढी राजस्व उठायो


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो ।

कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिए। यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए ।

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो १५ दिनमै नेपाल आयल निगमलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको उल्लेख गर्दै यस्तो निर्णय लिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताइन् ।

रावलले इन्धन खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने तथा विद्युतीय सवारी र इथानोल प्रयोगलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गरिएको बताएकी छन् ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ७ : ०१ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त