संघीय संसदमा अब विद्युतीय हाजिरी, सांसदको बायोमेट्रिक विवरण संकलन गर्न सुरु « Khabarhub

संघीय संसदमा अब विद्युतीय हाजिरी, सांसदको बायोमेट्रिक विवरण संकलन गर्न सुरु


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ ।  

संघीय संसद् अन्तर्गत विभिन्न बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद् सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।

संसद् बैठक र संसदीय समितिमा यसअघि कागजी हाजिरी गर्ने गरिएकोमा अव भने विद्युतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद् सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोसाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ ।

सांसदहरूको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य बैशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  २ : ३८ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत