पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक « Khabarhub

पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १०औँ पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । 

बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न ४ विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।

पुरुषतर्फ वर्ष खेलाडीमा विज्ञान टि. खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जुविक्रम शाह (भलिबल) खेलाडी मनोनयनमा परेका छन् ।

यसैगरी, महिलातर्फ वर्ष खेलाडीमा मोनिका राना (आर्चरी), नारायणी भण्डारी (एथ्लेटिक्स) र मनीषा तामाङ (जुडो) पर्न सफल भए ।

उदीयमान खेलाडीतर्फ अनुष्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (ब्याडमिन्टन) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथ्लेटिक्सका सिद्धान्त अधिकारी पर्न सफल भए ।

खेलाडी छनोट समितिले वर्ष २०८२ मा उत्कृष्ट खेल प्रदर्शन आधारमा उनीहरूको छनोट गरेको आयोजकको दाबी छ ।

यसअघि सार्वजनिक पिपल च्वाइस अवार्डमा उत्कृष्ट ५ भित्र फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका छन् ।

यही ३१ वैशाखमा पोखरामा हुने अवार्ड समारोहमा तीमध्ये १ जनालाई अवार्ड प्रदान गरिनेछ । पुरुष र महिला वर्ष खेलाडीसहित उदीयमान र प्रशिक्षक विधामा मनोनयनमा परेकामध्ये उत्कृष्ट एक जनालाई छनोट समितिले निर्णय गर्नेछ भने पिपल च्वाइसमा भने भोटिङका आधारमा निर्णय हुने बताइएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ७ : १३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।