बंगलादेशमा दादुराको प्रकोप : झण्डै तीन सयको मृत्यु, स्वास्थ्य संकट गहिरिँदै « Khabarhub

बंगलादेशमा दादुराको प्रकोप : झण्डै तीन सयको मृत्यु, स्वास्थ्य संकट गहिरिँदै


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका: बंगलादेशमा दादुरा र यससँग मिल्दाजुल्दा लक्षणका कारण झण्डै तीन सय जनाको ज्यान गएको छ । दादुराजन्य लक्षणका कारण गत मार्चको मध्यदेखि हालसम्म मृत्यु हुनेको संख्या २९४ पुगेको छ । पछिल्ला दिनहरुमा त्यहाँ थप १० जना बालबालिकाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो प्रतिवेदन अनुसार कुल संक्रमितको संख्या ४५ हजार ८०० नाघेको छ । राजधानी ढाका यस प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ मात्रै १४९ जनाको ज्यान गइसकेको छ । ग्रामीण क्षेत्रका बिरामीहरू राम्रो उपचार र आईसीयू सुविधाका लागि ढाका आउने क्रम बढ्दो छ ।

दादुराको गम्भीर प्रकोप फैलिएपनि त्यहाँ परीक्षण किटको चरम अभाव देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बंगलादेशका ६४ मध्ये ५८ जिल्लामा यो संक्रमण फैलिसकेको छ । यसले देशभर नै दादुराको तीव्र संक्रमण भएको संकेत गर्छ ।

स्थिति नियन्त्रणमा लिन स्वास्थ्य मन्त्रालयले विशेष खोप अभियान सुरु गरेको छ । गत अप्रिल महिनादेखि यता १ करोड ६२ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । सन् २०२४ र २०२५ को बीचमा देशव्यापी रूपमा खोपको अभाव भएको थियो। त्यसैले खोप कभरेज घट्न गई अहिले यो महामारी फैलिएको डब्ल्यूएचओले जनाएको छ ।

दादुरा एक अत्यधिक संक्रामक भाइरसजन्य रोग हो । यसले मुख्यगरी बालबालिकाहरूलाई बढी असर गर्छ । कुपोषित र खोप नलगाएका बालबालिकामा यसले निमोनिया र मस्तिष्क सुन्निने जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । यसले गर्दा बिरामीको ज्यान समेत जाने गर्छ । विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बाल मृत्युदरको मुख्य कारणमध्ये दादुरा अझै पनि एक प्रमुख कारण हो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  २ : ४३ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा