जब इजरायली सेनाले सात महिने शिशुलाई गोली हानेर ज्यान लियो « Khabarhub

जब इजरायली सेनाले सात महिने शिशुलाई गोली हानेर ज्यान लियो


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

हेब्रोन- कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर सात महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने शिशु साम फहद अबु हाइकल हुन्।

मन्त्रालयले शिशुका आमा–बुबा पनि उक्त घटनामा घाइते भएको जनाएको छ। घटना हेब्रोन सहरको दक्षिणस्थित तेल रुमैदा क्षेत्रमा शुक्रबार साँझ भएको हो।

इजरायली रक्षा बल (आईडीएफ) ले आफ्ना सैनिकले तीव्र गतिमा उनीहरुतर्फ आइरहेको एउटा सवारीसाधन देखेपछि एक सैनिकले गोली चलाएको जनाएको छ।

आईडीएफले घटनामा तीन जना प्यालेस्टिनी घाइते भएका बताउँदै यसबारे समीक्षा भइरहेको जनाएको छ। यसका साथै, असम्बन्धित व्यक्तिलाई क्षति पुगेकोमा गहिरो दुःख व्यक्त गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार शिशुकी हजुरआमाले परिवार उक्त क्षेत्रमा गाडीमा यात्रा गरिरहेको बेला टाढाबाट इजरायली सैनिक र सैन्य सवारीसाधन देखेपछि गाडी रोकेको बताएकी छन्। त्यसपछि सैनिकहरूले गोली चलाएको र सुरुमा उनीहरूले चेतावनीस्वरूप गोली प्रहार गरिएको ठानेको उनको भनाइ छ।

उनका अनुसार एउटा गोली शिशुको अनुहार हुँदै टाउकोमा लागेको थियो। सोही गोलीले आमाको गालामा समेत चोट पुर्‍याएको थियो। शिशुका बुबाको औँलामा पनि सामान्य चोट लागेको बताइएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार शिशु सामको बङ्गारामा गोली लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो। उनको अन्त्येष्टि सम्पन्न भइसकेको छ।

गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत शिशुकी आमालाई हालसम्म आफ्ना छोराको मृत्युबारे जानकारी नदिइएको बताइएको छ। चिकित्सकहरूका अनुसार उनी जीवनका लागि संघर्षरत छिन्।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वयता वेस्ट बैंकमा एक हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताइएको छ।

उक्त आक्रमणमा इजरायलमा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। त्यसयता गाजामा इजरायली आक्रमणबाट ७० हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १२ : ४३ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक