‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन « Khabarhub

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज ३ र ४ गते काठमाडौंमा हुने भएको छ।

महाधिवेशनको मूल नारा ‘सार्वजनिक यातायातमा प्रविधिमैत्री सेवा : मर्यादित श्रम र सुनिश्चित सामाजिक सुरक्षा’ तय गरिएको संगठनले जनाएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले महाधिवेशनको लोगो सार्वजनिक गरे। कार्यक्रममा उनले प्रविधिको तीव्र विकाससँगै यातायात क्षेत्र र श्रमिक आन्दोलनलाई पनि समयअनुकूल रूपान्तरण गर्नुपर्ने बताए।

“प्रविधिको विकासलाई श्रमिकको हितसँग जोड्दै यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ,” श्रेष्ठले भने।

संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार महाधिवेशनमा देशभरबाट करिब ४५० प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले संगठनको सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी कार्यदिशा तय गर्ने र नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ७५ सदस्यीय मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ। त्यस्तै, विभिन्न विषयमा छलफल तथा तयारीका लागि १२ वटा विषयगत समिति गठन गरिएको संगठनले जनाएको छ।

महाधिवेशनमा यातायात क्षेत्रमा भित्रिँदै गरेका नयाँ प्रविधिले श्रमिकको रोजगारी र कार्यप्रकृतिमा पार्ने प्रभावबारे पनि छलफल हुने भएको छ। विद्युतीय सवारी, डिजिटल टिकटिङ, जीपीएस, स्मार्ट ट्राफिक प्रणाली तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको प्रयोग बढ्दै जाँदा यातायात श्रमिकको रोजगारी, सीप र सामाजिक सुरक्षामा पर्न सक्ने प्रभावलाई महाधिवेशनले प्रमुखताका साथ उठाउने जनाइएको छ।

संगठनले प्रविधिको प्रयोगलाई रोजगारी विस्थापनको माध्यम नभई श्रमिकको क्षमता अभिवृद्धि, सेवा सुधार र कार्यस्थलको सुरक्षा बढाउने अवसरका रूपमा विकास गर्नुपर्नेमा जोड दिने जनाएको छ।

महाधिवेशन उद्‌घाटन समारोहमा जिफन्टका संस्थापक अध्यक्ष तथा संरक्षक विष्णु रिमाल र संगठनका पूर्वअध्यक्ष राजीव घिमिरेलाई यातायात श्रमिक आन्दोलनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गर्ने निर्णय गरिएको छ।

यस्तै, महाधिवेशन उद्‌घाटन समारोहमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय गरिएको संगठनले जनाएको छ।

संगठनले सार्वजनिक यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा श्रमिकको रोजगारी सुरक्षा, मर्यादित श्रम, सामाजिक सुरक्षा र सेवा प्रवाहमा सुधारलाई सँगसँगै अघि बढाउने विषयलाई महाधिवेशनको मुख्य एजेन्डा बनाउने जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : ०३ बजे

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता