विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा « Khabarhub

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित सवारीसाधन र चार जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी बिशेष टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा।प्र।०३–००१ ज १४०२ नम्बरको सवारीसाधनमा लुकाईछिपाई राखेको घरेलु मदिरा आज नियन्त्रणमा लिएको नायब प्रहरी उपरिक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।

प्लास्टिकको बोराभित्र १०८ पोकामा दुई हजार २०० लिटर तयारी घरेलु मदिरा फेला परेकाले सवारीसाधनसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिई उक्त सवारीसाधन र घरेलु मदिरा बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले हेटौँडाका मनोजकुमार थिङ र बाराका कोपिला गुरुङ, रोनु तामाङ र माया पाख्रिनलाई पनि नियन्त्रणमा लिएको छ ।

साथै सोही ‘अपरेसन’का क्रममा आज वीरगञ्ज महानगरपालिका–१५ त्रिशूल चोकस्थित गैरकानुनी रूपमा भण्डारण गरी राखिएको थप ७५ पोकामा एक हजार ३०० लिटर घरेलु मदिरा बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ९ : ५६ बजे

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको