चीनमा उत्पादन क्षेत्रको वृद्धि सुस्त, घरेलु माग पनि कमजोर हुँदै « Khabarhub

चीनमा उत्पादन क्षेत्रको वृद्धि सुस्त, घरेलु माग पनि कमजोर हुँदै


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुलाई महिनामा चीनको उत्पादन क्षेत्रको सूचकांक लगातार चौथो महिना पनि सुस्त भएको छ। आधिकारिक तथ्याङ्कले कारखानाका गतिविधिमा अप्रत्याशित संकुचन देखाएपछि निजी तथ्याङ्क प्रदायकले पनि यसको पुष्टि गरेको छ ।

रेटिङ डग चीनको उत्पादन क्रय निर्देशक सूचकांक (पीएमआई) जुन महिनाको ५१.७ विन्दुबाट घटेर जुलाईमा ५०.९ मा पुगेको छ । यो गत चार महिनायताकै सबैभन्दा कम हो। ५० भन्दा माथिको अंकलाई वृद्धिको रूपमा लिइन्छ र यो तथ्याङ्क लगातार आठौं महिना पनि ५० भन्दा माथि रहेको छ, जुन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा लामो सकारात्मक अवधि हो। यद्यपि आधिकारिक तथ्याङ्क र रेटिङ डगको सर्वेक्षण दुवैले आर्थिक वृद्धिको गति निरन्तर सुस्त हुँदै गएको र घरेलु माग कमजोर रहेको देखाएका छन्।

जुलाईमा चीनको आधिकारिक उत्पादन पीएमआई अघिल्लो महिनाको ५०.३ बाट घटेर ४९.२ मा झरेको छ, जुन अर्थशास्त्रीहरूको ५०.१ को अनुमानभन्दा धेरै कम हो । सेवा र निर्माण क्षेत्र समेट्ने गैर-उत्पादन पीएमआई पनि ५०.२ बाट घटेर ४९ मा पुगेको छ। बेइजिङले यस गिरावटको केही कारण अत्यधिक गर्मी, आँधी र बाढीजस्ता प्राकृतिक अवरोधहरूलाई बताएको छ ।

नोमुरा इन्टरनेशनलका अनुसार उत्पादन क्षेत्रको पीएमआई घट्नुको मुख्य कारण उत्पादन र घरेलु नयाँ मागमा आएको कमजोरी हो ।

अनुसन्धान फर्म रेटिङ डगका संस्थापक याओ युले आगामी दिनमा उत्पादन पीएमआई सकारात्मक क्षेत्रमै रहने अपेक्षा गरिएको भए पनि वृद्धिको गति भने केही मन्द हुने बताएका छन्। नयाँ मागमा देखिएको निरन्तर वृद्धि र निर्यात अर्डर पुनः सकारात्मक ब हुनु सकारात्मक संकेत भए पनि खरिद गतिविधिमा आएको कमी र बढ्दो लागतप्रति भने सचेत हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ४ : ३३ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको