काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ « Khabarhub

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ नागरिकको भएको खुलेको छ। उनीहरूले त्यहाँ घर भाडामै लिएर सुनको कारोबार गर्ने गरेको प्रहरी उच्च स्रोतको दाबी छ। सुनसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

विभिन्न स्वरुपमा तस्करी गरेर ल्याएको सुन त्यहाँ पगाल्ने र विभिन्न आकारमा तयार गर्ने गरेको खुलेको छ। ‘अहिले पनि टोली त्यसैमा लागिरहेको छ। सबै काम सकिएको छैन। जम्मा सुन २१ किलो बढी र २२ किलो अलिक नपुग होला, टोलीले हेर्दैछ’, प्रहरी स्रोतले भन्यो।

त्यहाँ सुन रहेको सूचना पाएको प्रहरीले बिहीबार दिउँसोबाट अप्रेसन चलाएको हो। त्यसक्रममा केही ढिक्का र केही झोल अवस्थामा सुन बरामद गरेको छ।

तर उक्त सुन कहाँबाट ल्याइएको हो भन्ने खुलेको छैन। प्रसोधनपछि भारत लैजान लागिएको भन्ने सूचना प्राप्त भएको र अहिले पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ भइरहेको पनि प्रहरी स्रोतले जानकारी दिएको छ।

यसअघि चिनियाँ नागरिकले नै ब्रेकसुमा भित्र्याएको ६१ किलो सुन बरामद भएको थियो। उक्त अनुसन्धानमा त्यसअघि पनि यसैगरी ठूलो परिमाणमा सुन भित्र्याएको खुलेको थियो।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यस विषयमा जानकारी दिन शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १० : २४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल