काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्ज बारमा आगलागी भएको थियो । दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगो नियन्त्रणमा लिन लाउन्ज बारका केही संरचना भत्काउनुपरेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन तथा आकलन गर्ने काम भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
























प्रतिक्रिया