सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप « Khabarhub

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा उपस्थित भएका छन् ।  

शिवाकोटीबिरुद्ध उजुरी परेपछि साइबर ब्युरोले उपस्थित हुन उनलाई ताकेता गरेको थियो । आइतबार दिउँसो शिवाकोटी साइबर ब्युरो पगेका थिए । उनी साईवर व्युरोमा छलफलपछि बाहिरिएका छन् ।

साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्युरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए । 

उनले सत्तारुढ दल र प्रधानमन्त्री बालेन निकट व्यक्तिहरूले कांग्रेस र नेतृत्वमाथि निरन्तर प्रहार गर्दा आफुले त्यसको प्रतिक्रिया दिएको र त्यसै कारण आफूलाई साइबर ब्युरोले बोलाएको हुनसक्ने उल्लेख गरे ।

 शिवाकोटीले अहिलेका प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्दा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको रूपमा लिइए पनि, अहिले उनी नै प्रधानमन्त्री भएको बेला उनकै सल्लाहकार र निकटहरूले प्रतिपक्षीको आवाज रोक्न खोजेको बताए । 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ५ : १० बजे

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको

बालुवाटारमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जना पक्राउ

काठमाडाैँ – बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

हाइकोउ– दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा- बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा